Thakali Gauchan Phalamtan Society Raise Funds
Raise Funds
Menu

NEWS & Events

प्हलमतन क्ह्यू खिमी घर पुजाको नियमहरु  :

 

प्रत्यक बर्ष खिमी घरमा हाम्रो पितृ देउता र मलाङसुङ  देउताको लागि बदा दशैँ १६ सरादको समयमा  दुवा दशि तिथि पारि थम्सेल गरि तृतीयका दिन पुजा गर्ने संस्कार भएकोले हाम्रो जिजु बाजेले गरेको संस्कार, ईतिहास लोप हुनु नदिनुको लागी निरन्तर पुजा गर्नप्रने भएको हुँदा निम्नलिखीत पुजाको नियमहरुको आग्या पालनगरि पुजा गरिदिनु अनुरोध गर्दछौं।

 

 

मर्मत र सम्मार 

यदि खिमि घर मर्मत गर्न परेमा पुजामा उपस्थित हुने दाजु भाईलेनै अनु गमन गरि खिमी घर संयोजकलाइ तुरुन्तै सूचना दिनु पर्ने छ। 

हाम्रो खिमि घरलाइ प्रत्यक बर्ष रंग रोकन गरि नया झंदी फेर्नु पर्नेछ ।

खिमी घर पुजा र समितिहरु

पुजाको संयोजक:  उप थलो  श्री सत प गौचन 
पुजारी : मुस्ताङ  छैरो निबासि  श्री कृष्ण गौचन
सदस्य  -२ जना प्रत्यक क्होईला बात र मुस्ताङ  का दाजुभाई दिदि बहिनीहरु पुजामा अनिबार्य उपस्थित  हुनु पर्नेछ ।

पुजारी ३ बर्ष को लागि नितुक्ति गरेको छ
२०७५-२०७८

पुजा मा उपस्थिति

पुजा संयोजक , पुजारी, प्रत्यक क्होईला बात २ जना मुस्ताङ  को दाजु भाई अनिबार्य पुजामा सहभागी हुनु पर्नेछ अन्य दाजु भाइहरु पनि उपस्थित हुन सकिने छ  ।

यदि प्रत्यक क्होईला बात २ जना र मुस्ताङ को दाजु भाईहरु पुजामा उपस्थित नभय २ हजार जरिमाना तिर्नु पर्ने छ ।

खिमि घर पुजाको बजेट

३० - ५० हजार सम्म खर्च गर्नु सकिने छ।
सर सफाई झार काट्नुको लागि रु १ हजार 

खिमि घर को कोष बात खर्च गरिने छ।

मलाङसुङ देउता

उक्त तिथिमा बार्षिक पुजा अनिबार्य गर्नु पर्ने छ ।

हासेगोरे कालोमुक भयको राम्रो चेलुक वा सांर

झाँक्री हुने बेला

तुर्जि फुर्जी पुजा गरे मात्र झाँक्री चाहिने छ। १ महिना पहिला झाक्रीलाइ फिकुम पुजा संयोजक हस्ते दिनु पर्ने छ।

यदि झाँक्री पाएमा टाउको खुट्टा अनिबार्य चाहिने छ ।

झाँक्री नहुने बेलाको पुजा

हाम्रो पुजारी र जुवाई उपस्थित हुने  दाजु भाईको सहयोग बात  पुजा गरिने छ ।

यस बेला टाउको खुट्टा चाहिने छैन, तर ८४ बेंजन प्रसाद बनाउनु पर्ने छ ।

पुजा संयोजक को  

जिम्मावारि

खिमि घर पुजा र अबस्यक चिज बिज बेबस्थापन गर्नुर राम्रो संग पुजा गरि पितृहरुलाइ खुशी बनाउनुहो ।

यदि कुनै समस्या आइपरेमा खिमिघर संयोजक संग सह कार्य गर्नु पर्ने छ।

जुठो /सुत्केरी

यदि यो दुवै अवस्था परेमा पुजा गर्नु नमिल्ने नियम छ।

आगामी बर्ष पुजा गर्ने

अनुमोदन

पुजा मा भयको खर्च बारेमा र खिमिघर बारेमा अनुमोदन लिखित रुपमा पेस गर्नु पर्ने छ ।

पुजाको हिसाब र खिमिघर अवस्था बारेमा सुचना दिनु पर्नेछ। 

पुजारी को लागि

अघिल्लो खसीको सपेटा पला पुले पुजारीले पाउने छ बाँकि मासु उपस्थित हुनेदाजु भाइले खानु पाउने छन् ।

बांक रहेको मासु भाग बिलो लगाउनु नपाउने

 

पुजा पछी सफा गर्नुको लागि दस्तुर

साप सफाइ गर्नु नसके मा काम गरेको बाफत कदर गर्दै हौसला स्वरूप नगत उपहार दिने साथै निज जुवाईले साप सफाइ तन्दुरुस्त बनाउने जिम्मा लिनु पर्ने छ ।

यदि पुजा पछी साप-सफाइ गर्ने समय नमिलेमा जुवाई चन्द्र बहादुर शेरचन लाइ  उक्त काम को लागि जिम्मा दिनु पर्ने छ।

खिमी घर पुजामा लाग्ने

झाक्री फुल्ब (दछिना )

रु ६-१०  हजार

खर्चको विवरण

जुवाई फुल्ब (दछिना )

रु १ हजार

 

चेलुक वा सांर कालो मुख खोटी नभय को राम्रो 

रु१८-२५ हजार

 

खसी को टाउको खुट्टा

रु २ हजार ५ सय

 

८४ बेन्जों प्रसाद

रु २ हजार

 

लोकल रक्सि

रु २ हजार

 

खान र बस्न को लागि

रु १०  हजार 

 

खिमिघर सर सफाई अनिबार्य गर्नु पर्ने छ

रु १ हजार

 

जम्मा पुजा को खर्च कोष

रु ३०-५० हजार  

 

खिमिघर संयोजक: दिल बहादुर गौचन     फोन: ९८५६० २६६३९,९८०८१ ७६७३८  hotelnl98@gmail.com

© 2024 Thakali Gauchan Phalamtan Society is Powered by Third Eye Systems Pvt. Ltd.