Thakali Gauchan Phalamtan Society Raise Funds
Raise Funds
Menu

Constitution

थकाली गौचनप्हलमतन गुठीको विधान, २०७५

नेपालको थकाली जातिको गौचन अर्थात च्योकी अन्तर्गतको प्हलमतन क्ह्युका व्यक्ति तथा परिवार विश्वको जुनसुकै देश वा ठाउँमा बसोबास गरे पनि एक अर्को वीचको सामाजिक संस्कार र प्रचलनमा एकरुपता कायम गर्दै मेलमिलाप र एकतालाई अभिबृध्दि गर्ने, आपत् विपत्को अवस्थामा सहयोग गर्ने गराउने, थकाली जातिको मौलिक संस्कृतिको संरक्षण गर्न एवं आर्थिक प्रगति एवं समृध्दिमा लाग्न प्रोत्साहित गर्ने जस्ता उद्देश्यका लागि थकाली सेवा समितिको प्रचलित विधानको प्रतिकुल नहुने गरी प्हलमतन क्ह्यु परिवारको .. औँ भेलाले प्हलमतन क्ह्यु परिवारका लागि लागु हुने गरी यो थकाली गौचन–प्हलमतन गुठीको विधान, २०७५ बनाई जारी गरेको छ । 

पच्छिेद १ ः प्रारम्भिक

संक्षिप्त नाम र प्रारम्भ

यो विधानको नाम थकाली गौचन–प्हलमतन गुठीको विधान, २०७५ रहेको छ ।

यो विधान साधारण सभाले स्वीकृत गरेको मितिदेखि प्रारम्भ हुनेछ ।

परिभाषा

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा ः

प्हलमतन क्ह्यु ःप्हलमतन क्ह्यु भन्नाले नेपालको थकाली जातिका चार थरहरु क्रमशः गौचन, तुलाचन, शेरचन र  भट्टचन मध्ये गौचन थर अन्तर्गतका विभिन्न क्ह्यु (उपथर) हरु मध्येकोे एक क्ह्युलाई प्हलमतन क्ह्यु भन्ने  सम्झनु पर्छ । 

क्होइला ः क्होइला भन्नाले थकाली जातिका गौचन, तुलाचन, शेरचन र भट्टचनप्रत्येक चन वा थर अन्तर्गत रहने क्ह्यु (उपथर) को वर्गीकृत रुप अर्थात हाँगालाईक्होइला भन्ने सम्झनु पर्छ ।

घरपरिवार ः घरपरिवार भन्नाले प्हलमतन क्ह्युको एकाघरमा बस्ने र एकै चुल्हो प्रयोग गर्ने श्रीमान श्रीमति र तिनमा  आश्रित छोराछोरी, बुवाआमा, बाजेबज्यै, नातिनातिना र दाजुभाई तथा दिदीबहिनीलाई सम्झनु पर्छ ।

गुठी ः  गुठी भन्नाले प्हलमतन क्ह्युका घरपरिवारहरुको एकता र सामुहिक भलाईका लागि प्हलमतन गुठी भनेर  खडा गरिएको एक गैर नाफामुलक सामाजिक संस्था भन्ने सम्झनु पर्छ ।

साधारण सदस्य ः साधारण सदस्य भन्नाले.. बमोजिम शुल्क तिरी सदस्यता लिएका प्हलमतन क्ह्युको घरपरिवारको १८ वर्ष पुरागरेका सबै सदस्यहरुलाई गुठीको साधारण सदस्य भन्ने सम्झनु पर्छ । यस शब्दले .. बमोजिम आजीवन सदस्यता लिएको प्हलमतन क्ह्युको घरपरिवारको व्यक्तिलाई समेत जनाउने छ ।

गुठीको भेला ः गुठीको भेला भन्नाले प्हलमतन क्ह्युको घरपरिवारका सदस्यहरुको सामुहिक भेला भन्ने सम्झनु पर्छ ।

साधारण सभा ः साधारण सभा भन्नाले प्हलमतन क्ह्युको घरपरिवारका साधारण सदस्यहरुको सभा वा अधिबेशन  भन्नेसम्झनु पर्छ ।

गुठीको क्षेत्र ः गुठीको क्षेत्र भन्नाले .. बमोजिमका भौगलिक क्षेत्रहरुलाई सम्झनु पर्छ ।

परिषद सभा ः परिषद सभा भन्नाले साधारण सभा नबसेको बखत साधारण सभाको कार्य गर्नलाई .. बमोजिम गठन  भएको परिषद सभालाईसम्झनु पर्छ ।

समिति ः समिति भन्नाले .. बमोजिम गठन भएको गुठीको कार्यकारी समितिलाई सम्झनु पर्छ ।

मानार्थ पद ःमानार्थ पद भन्नाले .. बमोजिम गठन भएको समितिमा रहने थलो र उपथलो पदहरुलाई सम्झनु पर्छ ।

कार्यकारी पद ःकार्यकारी पद भन्नाले .. बमोजिम गठन भएकोसमितिमा रहने अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव,  कोषाध्यक्ष, सहकोषाध्यक्ष र सदस्यहरु भन्ने सम्झनु पर्छ ।

समितिको सदस्य ः समितिको सदस्य भन्नालेसमितिका मानार्थ पदहरुबाहेक सािमितका कार्यकारी पदहरुमा रहने  पदाधिकारी तथा सदस्यलाई सम्झनु पर्छ ।

निर्बाचन मण्डल ः निर्बाचन मण्डल भन्नाले .. बमोजिम समितिमा रहने मानार्थ र कार्यकारी पदहरु चुन्ने प्रयोजनका  लागि साधारण सभाले गठन गरेको निर्बाचन मण्डललाई सम्झनु पर्छ ।

थलो ः थलो भन्नाले साधारण सभा र समितिको बैठकको गणपुरक संख्यामा गणना गर्न र साधारण सभा तथा  समितिको निर्णय प्रक्रियामा भोट दिने कार्यमा समाबेश गर्न नपाइने तर गुठी र समितिको सर्बोच्च मानार्थ  पद भन्नेसम्झनु पर्छ।

उपसमिति ः उपसमिति भन्नाले .. बमोजिम गठन भएको उपसमितिलाई सम्झनु पर्छ ।

लेखापरीक्षण उपसमिति ः लेखापरीक्षण उपसमिति भन्नाले हरेक आर्थिक वर्ष समितिको आमदानी खर्चको  लेखापरीक्षणका लागि .. बमोजिम गठन भएको उपसमितिलाईसम्झनु पर्छ ।

सम्पर्क समिति ः सम्पर्क समिति भन्नाले .. बमोजिम गठन भएको बिदेशस्थित सम्पर्क समितिलाई सम्झनु पर्छ । 

मुल कोष ःमुल कोष भन्नालेगुठीको नाममा यस विधान बमोजिम प्राप्त हुने सबै आम्दानी एकत्रित गर्न खडा गरिएको कोषलाई सम्झनु पर्छ ।

आम्दानी खाता ः आम्दानी खाता भन्नालेयस विधान बमोजिम मुल कोषमा प्राप्त हुने सबै नगद आम्दानीको रकम  जम्मा गर्नका लागि मुल कोष खाताको रुपमा .. बमोजिम खोलिएको आम्दानी खातालाई सम्झनु पर्छ ।

खर्च खाता ः खर्च खाता भन्नाले गुठीको कार्यमा हुने खर्चका लागि मुल कोष अन्तर्गत .. बमोजिम खोलिएको छुट्टै खर्च खातालाई सम्झनु पर्छ ।

अक्षय कोष ःअक्षय कोष भन्नाले गुठीको मुल कोष अन्तर्गत विशेष वा अलग उद्देश्यका लागि खडा गरी संचालन  गर्नका लागि .. बमोजिम खोलिएको अक्षय कोषलाई सम्झनु पर्छ ।

पच्छिेद २ ः गौचनप्हलमतन क्ह्युका क्होइला र क्होइलागत वंशवाली

प्हलमतन क्ह्युका क्होइलाहरु

प्हलमतन क्ह्यु अन्तर्गत देहाय अनुसार सातवटा क्होइलाहरु (हाँगा) छन् ः 

क. झाग्री साड.बोते क्होइला

ख. राइटर क्होइला

ग. सुब्बा क्होइला

घ. हजारे क्होइला

ड. छैरो क्होइला

च. मुखिया क्होइला

छ. डिठ्ठा क्होइला

प्हलमतन क्ह्युको क्होइलागत वंशावली विबरण

प्हलमतन क्ह्यु अन्तर्गत रहेका सातवटा क्होइलाहरु प्रत्येकको क्होइलागत वंशावलीको विबरण अनुसुची .. देखि .. सम्मको तालिकामा देखाइए बमोजिम मानिने छ ।

समितिले प्हलमतन क्ह्युको क्होइलागत वंशावली अध्ययन अनुसन्धान वा प्रमाणका आधारमा अध्यावधिक गरी सो को  विबरण हेरफेर वा संशोधनका लागि साधारण सभामा प्रस्तुत गर्नु पर्नेछ ।

प्हलमतन क्ह्युका परिवार तथा जनसंख्या विबरण

प्हलमतन क्ह्युको परिवार र परिवारगत जनसंख्याको विबरणअनुसुची .. देखि .. सम्मको तालिकामा देखाइए बमोजिम मानिने छ ।

समितिले प्हलमतन क्ह्युको परिवार र परिवारगत जनसंख्याको विबरण हरेक साधारण सभामा अध्यावधिक गरी हेरफेर वा संशोधनका लागि प्रस्तुत गर्नु पर्नेछ ।

प्हलमतन क्ह्यु परिवारका छोरी ज्वाँइको परिवार र जनसंख्या विबरण

प्हलमतन क्ह्यु परिवारका छोरी ज्वाँइको परिवार र परिवारगत जनसंख्याको विबरण अनुसुची .. देखि .. सम्मको तालिकामा देखाइए बमोजिम मानिने छ ।

समितिले प्हलमतन क्ह्यु परिवारका छोरी ज्वाँइको परिवार र परिवारगत जनसंख्याको विबरणहरेक साधारण सभामा अध्यावधिक गरी हेरफेर वा संशोधनका लागि प्रस्तुत गर्नु पर्नेछ ।

 

पच्छिेद ३ ः गौचनप्हलमतन गुठीको संगठनात्मक संरचना र कार्यसंचालन

साधारण सदस्य

प्हलमतन क्ह्युका प्रत्येक घरपरिवारको १८ वर्ष पुरा गरेका सबै सदस्यहरु गुठीको साधारण सदस्य हुन योग्य मानिनेछन् ।

प्हलमतन क्ह्युका प्रत्येक घरपरिवारको कुनै सदस्यले साधारण सभा वा परिषद सभा, समिति वा उपसमितिको बैठकमा भाग लिन वा मतदान गर्न वा सहभागी हुन वा प्रतिनिधित्व गर्नवा त्यस्तो साधारण सभा, परिषद सभा, समिति वा उपसमितिको पदाधिकारी वा सदस्यको रुपमा चुनिनका लागि सो घरपरिवार अनिबार्य रुपमा गुठीको साधारण सदस्य बन्नु पर्नेछ । 

हरेक वर्ष सो वर्षको चैत्र मसान्त सम्मका लागि प्रति घरपरिवार रु एक हजार दर्ता शुल्क तिरी प्हलमतन क्ह्युकाप्रत्येक घरपरिवारले आफ्ना परिवारका १८ वर्ष पुरा गरेका सबै सदस्यहरुलाई गुठीको साधारण सदस्य बनाउनु पर्नेछ र त्यस पछिका हरेक वर्ष प्रति घरपरिवार त्यति नै नविकरण शुल्क तिरेरसाधारण सदस्यता नविकरण गराई राख्नु पर्नेछ । 

तर प्हलमतन क्ह्युकातिर्न सक्ने हैसियत नभएको घरपरिवारलाई तिर्न सक्ने अवस्था नआउन्जेल सम्मको अवधिका लागि समितिले उक्त साधारण सदस्यताको दर्ता र नविकरण शुल्कमा केही वा पुर्ण छुट गर्न सक्नेछ । 

यस विधानको पुर्ण पालना गर्नु गुठीका सबै सधारण सदस्यको कर्तव्य हुनेछ ।

आजीवन सदस्य

प्हलमतन क्ह्युको कुनै पनि घरपरिवारको प्रतिनिधित्व गर्ने व्यक्तिले रु पच्चिस हजारदेखि माथिको रकम एकै पटकमा बुझाई आजीवन सदस्य बन्न सक्ने छ । यसरी आजीवन सदस्य बनेको व्यक्तिको घरपरिवारका १८ वर्ष पुरा गरेका सबै सदस्यहरु स्वतः गुठीको साधारण सदस्य भएको मानिने छ र यस्तो परिवारले .. बमोजिमको साधारण सदस्यता लिनु पर्ने र नविकरण भईराख्नु पर्ने छैन ।

गुठीको क्षेत्र

गुठीको संगठनात्मक संरचनामा प्हलमतन क्ह्युका सबै घरपरिवारलाई समेट्नका लागि प्हलमतन क्ह्युका घरपरिवारहरु बसोबास गर्ने नेपालका विभिन्न भौगलिक क्षेत्रहरु मध्ये कम्तिमा ७ देखि बढी जतिसुकै घरपरिवारहरु बसोबास गरेको एक जिल्लामा वा एकै उपत्यकाभित्र पर्ने एकभन्दा बढी जिल्लामा पर्ने ठाउँहरुले समेटेको क्षेत्रलाई गुठीको एक क्षेत्र मान्नु पर्नेछ ।

..बमोजिम गुठीका क्षेत्रहरु देहाय अनुसार मानिने छ ः

(क) म्याग्दी क्षेत्र (बाग्लुड.ग वजार र कुस्मा वरपरको क्षेत्र समेत)

(ख) वुर्तिवाड. क्षेत्र (रुकुम, बोंगादोभान र तमान तथा लामेल्ला वरपरको क्षेत्र समेत)

(ख) बुटवल क्षेत्र (भैरहवा र पाल्पा वरपरको क्षेत्र समेत)

(ग) चितवन क्षेत्र (मुग्लीन समेत)

(घ) मुस्ताड. क्षेत्र

(ड.) कास्की क्षेत्र (स्याड.जा र तनहु वरपरको क्षेत्र समेत)

(च) काठमाडौं क्षेत्र (ललितपुर र भक्तपुर समेत)

.. मा उल्लिखित कुनै पनि क्षेत्रमा बसोबास नगर्ने प्हलमतन क्ह्युका घरपरिवारलाई सबभन्दा नजिकमा पर्ने क्षेत्रले समेत्नु पर्नेछ ।

गुठीको भेला

प्हलमतन क्ह्युको घरपरिवारका सदस्यहरुको सामुहिक भेलाको रुपमा गुठीको भेला हरेक दुई वर्षको अन्तरालमा गुठीको भेलाले तोकेको मिति र स्थानमा गर्नु पर्नेछ ।

गुठीको भेलामा प्हलमतन क्ह्युका प्रत्येक घरपरिवारबाट कम्तिमा एक जना सदस्यको अनिबार्य उपस्थित हुनु पर्नेछ ।

गुठीको भेलामा प्हलमतन क्ह्युका प्रत्येक घरपरिवारबाट कम्तिमा एक जना सदस्यको अनुपस्थितिमा पहिलो पटकको रु. ..., लगातार दोस्रो पटकको रु. .., लगातार तेस्रो पटकको रु. ... जरिवाना शुल्क लाग्ने छ भने लगातार तेस्रो पटकभन्दा बढी अनुपस्थित भएमा साधारण सभाको निर्णयानुसारको कारबाही हुनेछ ।

साधारण सभा 

गुठीका सबै साधारण सदस्यहरु स्वतः साधारण सभाका सदस्य हुनेछन् । 

गुठीको भेलामा उपस्थित सबै साधारण सदस्यहरुको भेलास्वतः प्हलम्तन गुठीको साधारण सभा मानिने छ ।

साधारण सभाको गणपुरक संख्या सम्पुर्ण साधारण सदस्य संख्याको एकाउन्न प्रतिशत पुग्नु पर्नेछ ।

साधारण सभाको निर्णयको लागि उपस्थित सम्पुर्ण साधारण सदस्य संख्याको कम्तिमा पचास प्रतिशत पुग्नु पर्नेछ ।

परिषद सभा

.. बमोजिमको साधारण सभा नबसेको समयमा साधारण सभाको काम गर्नका लागि प्रत्येक क्होइलाले आफ्नो क्होइलाका साधारण सदस्यहरु मध्येबाट तिन जना र प्रत्येक क्षेत्रले आप्नो क्षेत्रका साधारण सदस्यहरु मध्येबाट तीन जना गरी जम्मा सातवटा क्होइलाको प्रतिनिधित्व गरेर आउने २१ जना र ६ वटा क्षेत्रबाट प्रतिनिधित्व गरेर आउने  १८ जना गरी कुल ३९ जनाको परिषद सभा गठन हुनेछ । 

परिषद सभालाई पनि साधारण सभालाई भए सरहको अधिकार हुनेछ ।

परिषदको सभा न्युनतम बर्षको एक पटक समितिले तोकेको मिति र स्थानमा गर्नु पर्नेछ ।

परिषद सभाको गणपुरक संख्या सम्पुर्ण परिषद सदस्य संख्याको एकाउन्न प्रतिशत पुग्नु पर्नेछ ।

परिषद सभाको निर्णयको लागि उपस्थित सम्पुर्ण परिषद सदस्य संख्याको कम्तिमा पचास प्रतिशत पुग्नु पर्नेछ ।

साधारण सभाको काम, कर्तव्य र अधिकार

साधारण सभाको काम, कर्तव्यर अधिकार देहाय बमोजिम हुनेछ ः

क. गुठीको विधान, विधानका अनुसुची र विधान अन्तर्गतको विनियम स्वीकृत गर्ने र संशोधन वा हेरफेर गर्ने,

ख. कार्यकारी समितिका पदाधिकारी र सदस्यहरु चुन्नका लागि निर्बाचन मण्डल बनाउने,

ग. कार्यकारी समितिका थलो, पदाधिकारी र सदस्यहरु सहमतीको माध्यमबाट चुन्ने,

घ. सहमतीको माध्यमबाट चुनिन नसकेका समितिका कार्यकारी अध्यक्ष, सचिव र कोषाध्यक्ष बहुमतीय प्रणालीबाट चुन्ने,

ड. गुठीको बार्षिक बजेट तथा कार्यक्रम स्वीकृत वा अनुमोदन गर्ने र संशोधन गर्ने,

च. गुठीको मुल कोष बृध्दिका लागि उठाउनु पर्ने तर स्वीकृत बजेटमा नपरेका शीर्षकगत शुल्कका दरहरुको प्रस्ताव स्वीकृत वा अनुमोदन गर्ने,

छ. गुठीको हित हुने कार्यको लागि अबश्यक परेमा क्रण लिने वा मुल कोषको रकम लगानी गर्ने प्रस्ताव स्वीकृत वा अनुमोदन गर्ने,

ज. गुठकिो लागि घर, जग्गा जस्ता अचल सम्पत्ति र मुल्यवान वस्तुको प्राप्ति वा खरिद गर्ने र हस्तान्तरण वा विक्री गर्ने प्रस्ताव स्वीकृत वा अनुमोदन गर्ने,

झ. यस विधानलाई नमान्ने वा बारम्बार बर्खिलाप गर्ने साधारण सदस्यलाई समितिको सिफारिशमा आबश्यक कारबाही गर्ने, 

ञ. दान दतव्य र आर्थिक सहयोग लिने वा दिने विषयको प्रस्ताव स्वीकृत वा अनुमोदन गर्ने,

ट. समितिको बार्षिक आय व्ययको प्रतिबेदनवा आय व्ययको लेखापरीक्षण प्रतिबेदन अनुमोदन गर्ने,

ठ. समितिको बार्षिक कार्यसम्पादनको प्रतिबेदन अनुमोदन गर्ने,

ड. आगामी आर्थिक वर्षको लेखापरीक्षक नियक्तिको प्रस्ताव स्वीकृत वा अनुमोदन गर्ने, र

ढ. समितिलाई सल्लाह सुझाव प्रदान गर्न सल्लाहकार चुन्ने ।

परिषद सभाको पनि साधारण सभा कै.. बमोजिमकोकाम, कर्तव्य र अधिकार हुनेछ ।

कार्यकारी समितिको गठन

गुठीको कार्यकारी संस्थाको रुपमा कार्य गर्न साधारण सभाबाट मानार्थ र कार्यकारी पदहरु रहेको एक कार्यकारी समितिको गठन देहाय अनुसार हुनेछ ः

क. मानार्थ पदहरु

१. थलो  १

२. उपथलो १

ख. कार्यकारी पदहरु

१. अध्यक्ष १

२. उपाध्यक्ष २

३. महासचिव  १

४. सचिव १

५. कोषाध्यक्ष  १

६. सहकोषाध्यक्ष १

७. सदस्यहरु (सात क्होइलाका प्रतिनिधि सदस्यहरु, छ क्षेत्रीय प्रतिनिधि सदस्यहरु र एक महिला तथा एक युवा र एक रुकुमको सहितको तीन अन्य सदस्यहरु) १६

समितिको काममा आबश्यक सल्लाह सुझाव प्रदान गर्न साधारण सभाले बढीमा तीन जना सल्लाहकार चुन्न सक्नेछ ।

समितिको मानार्थ पदमा रहने थलो र उपथलोसाधारण सभाका सम्पुर्ण सदस्यहरुको सहमतिबाट चुन्नु पर्नेछ ।

तर त्यस्तो सहमति बन्न नसके तीपदहरु कार्यकारी समितिले चुन्नु पर्नेछ ।

समितिमा रहनेसबै कार्यकारी पदहरु साधारण सभाका सम्पुर्ण सदस्यहरुको सहमतिबाटचुन्नु पर्नेछ ।

तर त्यस्तो सहमति बन्न नसके अध्यक्ष, सचिव र कोषाध्यक्ष बहुमतीय प्रणालीबाट चुन्नु पर्नेछ र बाँकी पदहरु अध्यक्षले मनोनित गर्नु पर्नेछ।

.. बमोजिम सहमतीय वा बहुमतीय जुनसुकै प्रणालीबाट चुन्ने प्रयोजनका लागि साधारण सभाले साधारण सदस्यहरु मध्येबाट एक निर्बाचन मण्डल बनाई सोहीमार्फत चुन्ने काम सम्पन्न गराउनु पर्नेछ ।

चुनावको काम सम्पन्न भएपछि निर्बाचन मण्डल स्वतः विघटन हुनेछ ।

कार्यकारी समितिको बैठक

कार्यकारी समितिको बैठक बर्षको कम्तिमा छ पटक राख्नु पर्नेछ र आबश्यक्ता अनुसार सोभन्दा बढी पनि राख्न सकिने छ ।

कार्यकारी समितिको बैठकको गणपुरक संख्या सम्पुर्ण पदाधिकारी र सदस्य संख्याको एकाउन्न प्रतिशत पुग्नु पर्नेछ ।

कार्यकारी समितिको बैठकको निर्णयको लागि सो बैठकमा उपस्थित सम्पुर्ण पदाधिकारी र सदस्य संख्याको पचास प्रतिशत पुग्नु पर्नेछ ।

कार्यकारी समितिको काम, कर्तव्य र अधिकार

कार्यकारी समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः

क. गुठीको साधारण सभाको मिति र स्थान निर्धारण गरी सबै साधारण र विशेष सदस्यहरुलाई समयमै सुचना गर्ने गराउने,

ख. गौचन–प्हलमतन गुठीको विधान, विधानका अनुसुची र विधान बमोजिमको विनियम संशोधन वा हेरफेरको प्रस्ताव तयार गरी साधारण वा परिषद सभाको स्वीकृतिको लागि पेश गर्ने,

ग. गुठीको बार्षिक बजेट तथा कार्यक्रम तयार गरी साधारण वा परिषद सभाको स्वीकृत वा अनुमोदनका लागि पेश गर्ने,

घ. गुठीको विधान अन्तर्गत आबश्यक्तानुसार कार्यसंचालन निर्देशिका वा कार्यविधि बनाई कार्य गर्ने गराउने, 

ड. गुठीको मुल कोष बृध्दिका लागि उठाउनु पर्ने तर स्वीकृत बजेटमा नपरेका शीर्षकगत शुल्कका दरहरुको प्रस्ताव तयार गरी साधारण वा परिषद सभाको स्वीकृत वा अनुमोदनका लागि पेश गर्ने,

च.गुठीको हित हुने कार्यको लागि अबश्यक परेमा क्रण लिने वा मुल कोषको रकम लगानी गर्ने प्रस्ताव तयार गरी साधारण वा परिषद सभाको स्वीकृत वा अनुमोदनका लागि पेश गर्ने,

छ. गुठकिो लागि घर, जग्गा जस्ता अचल सम्पत्ति र मुल्यवान वस्तुको प्राप्ति वा खरिद गर्ने र हस्तान्तरण वा विक्री गर्ने प्रस्ताव तयार गरी साधारण वा परिषद सभाको स्वीकृत वा अनुमोदनका लागि पेश गर्ने,

ज. दान दतव्य र आर्थिक सहयोग लिने वा दिने विषयको प्रस्ताव तयार गरी साधारण वा परिषद सभाको स्वीकृत वा अनुमोदनका लागि पेश गर्ने,

झ. निश्चित उद्देश्यका काम कारवाही गर्न गराउन आबश्यक भएमा उपसमिति गठन गर्ने, 

ञ. स्वीकृत बार्षिक कार्यक्रम कार्यान्वयन गर्ने गराउने, स्वीकृत बार्षिक बजेट खर्च गर्ने गराउने र त्यस्तो बजेट तथा कार्यक्रम कार्यान्वयनको अनुगमन गर्ने गराउने,

ट. समितिको मुल कोष अन्तर्गतको आम्दानी खाता र खर्च खाता व्यवस्थित गर्ने गराउने,

ठ. समितिको बजेट तथा आम्दानी खर्चको लेखा राख्ने वा राख्न लगाउने,

ड. समितिको भौतिक सम्पत्ति र सामग्रीको अभिलेख राख्ने वा राख्न लगाउने र तिनको संरक्षण गर्ने गराउने,

ढ. समिति र समिति अन्तर्गतका उपसमितिका काम करबाहीहरुमा अनुगमन गरी सुधारात्मक उपायहरु अपनाउन लगाउने,

ण. प्हलमतन क्ह्युका परिवारका सदस्यले कुनै पनि क्षेत्रमा उत्कृष्टता प्रदर्शन गरेमा वा महत्वपूर्ण उपलब्धी हाँसिल गरेमा सम्मान वा पुरस्कृत गर्ने,

त. आगामी आर्थिक वर्षको लेखापरीक्षक नियक्तिको वा लेखापरीक्षण उपसमिति गठनको प्रस्ताव तयार गरी साधारण वा परिषद सभाको अनुमोदनका लागि पेश गर्ने,

थ. समितिको आम्दानी खर्चको लेखापरीक्षण गराउने,

द. समितिको बार्षिक आय व्ययको प्रतिबेदन वा आय व्ययको लेखापरीक्षण प्रतिबेदन साधारण वा परिषद सभाको स्वीकृत वा अनुमोदनका लागि पेश गर्ने,

ध. समितिको बार्षिक कार्यसम्पादनको प्रतिबेदन साधारण वा परिषद सभाको अनुमोदनका लागि पेश गर्ने,

न. बिदेशस्थित् सम्पर्क समितिहरु, थकाली सेवा समितिका केन्द्रिय तथा क्षेत्रीय र भातृ संगठनहरु, अन्य थकाली क्ह्युहरु र सरोकारवाला सरकारी, गैर सरकारी तथा सामाजिक उवं धार्मिक संघसंगठनहरुसंग आबश्यक सम्पर्क र समन्वय गर्ने गराउने, 

प. . समितिको बैठकमा थलो तथा उपथलो र सल्लाहकारको उपयुक्त राय परामर्श, सुझाव र निर्देशनहरुको सकेसम्म ग्रहण गर्ने,

फ. समितिले थलो तथा उपथलो र समिति तथा उपसमितिका सदस्यहरुले संस्थागत रुपमा गरेका काम कारबाहीको सामुहिक रुपमा जिम्मेवारी लिने र त्यस्ता काम कारबाहीको बारेमा साधारण वा परिषद सभाप्रति जबाफदेही हुने, र

ब. यस विधानलाई पुर्ण कार्यान्वयन गर्न माथि उल्लिखित बाहेकका विभान बमोजिमका अन्य कार्यहरु गर्ने गराउने ।

थलो र उपथलोको काम, कर्तव्य 

थलोको काम, कर्तव्य देहाय बमोजिम हुनेछ ः

क. थलो गुठी र समितिको सर्बोच्च मानार्थ पद भएकोलेसाधारण सभा, समितिको बैठक र समितिबाट आयोजित महत्वपुर्ण कार्य तथा कार्यक्रमहरुमा आतिथ्यता ग्रहण गर्ने र आफ्नो राय परामर्श, उपदेश र निर्देशनहरु प्रदान गर्ने, र

ख. हरेक प्हलमतन परिवारले आमन्त्रण गरेको सामाजिक र धार्मिक कार्य वा कार्यक्रममा उपस्थित भई गरिमा बढाइदिने ।

उपथलोको काम, कर्तव्यदेहाय बमोजिम हुनेछ ः

क. थलो गुठी र समितिको सर्बोच्च मानार्थ पद भएकोलेसाधारण सभा, समितिको बैठक र समितिबाट आयोजित महत्वपुर्ण कार्य तथा कार्यक्रमहरुमा आतिथ्यता ग्रहण गर्ने र आफ्नो राय परामर्श, उपदेश र निर्देशनहरु प्रदान गर्ने, र

ख. उपथलोले थलोको अनुपस्थितिमा थलोलाई तोकिएको.. बमोजिमका कार्य गर्ने ।

अध्यक्षको काम, कर्तव्य र अधिकार

समितिको अध्यक्षको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः

क. साधारण सभाले सहमतिबाट सचिव र कोषाध्यक्ष बाहेक समितिका बाँकी उपाध्यक्ष, सहसचिव र र सदस्य पदहरुमनोनित गर्ने,

ख. समितिको कार्यालय र आबश्यक कर्मचारीको व्यवस्थापन गर्ने,

ग. समितिको बैठकको मिति तोक्ने र बैठकको अध्यक्षता गर्ने,

घ.साितिको बैठकको निर्णय प्रक्रियामा निर्णयमा पुग्न कठिन भएमा अन्तिम निर्णय दिने,

ड. साधारण सभाको निर्णय कार्यान्वयन गर्ने गराउने,

च. समितिको बार्षिक बजेट तथा कार्यक्रम बमोजिम आम्दानी संकलन र खर्च गर्ने गराउने,

छ. समितिको गरेको आम्दानी खर्चको लेखापरीक्षण गराउने,

ज. समितिका सदस्यहरुलाई समितिको काम कारबाहीमा उत्प्रेरित गर्दै परिचालन गर्ने गराउने,

झ. समिति र समिति अन्तर्गतका उपसमितिका काम करबाहीहरुमा सुपरीवेक्षण र अनुगमन गर्ने गराउने,

ञ. थकाली तथा गैर थकाली सरोकारवाला संघसंगठनहरुसंग आबश्यक सम्पर्क र समन्वय गर्ने गराउने,

ट. थकाली र गैर थकाली संघसंगठनले आमन्त्रण गरेका कार्यक्रमहरुमा प्रतिनिधित्व गर्ने गराउने,

ठ. समितिको समग्र बार्षिक कार्यसम्पादन प्रतिबेदन साधारण वा परिषद सभामा पेश गर्ने,

ड. समितिको काम कारबाही, समस्या, उपलब्धी, आदिको बारेमा थलो र उपथलोलाई अध्यावधिक जानकारी दिने वा दिन लगाउने,

ढ. समितिको कार्यकारी प्रमुखको हैसियतले माथि उल्लिखित बाहेकका विधान बमोजिमका अन्य कार्यहरु गर्ने गराउने, र

ण. आफु, समिति, उपसमिति र समिति वा उपसमितिका पदाधिकारी तथा सदस्यहरुले संस्थागत रुपमा गरेका काम कारबाहीको जिम्मेवारी लिने र त्यस्ता काम कारबाहीको बारेमा साधारण वा परिषद सभाप्रति जबाफदेही हुने ।

महासचिवको काम, कर्तव्य र अधिकार

समितिको महासचिवको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः

क. अध्यक्षको तोकेको समयमा समितिको बैठक बोलाउने,

ख. अध्यक्षसंगको समन्वयमा समितिको बैठकमा निर्णयका लागि प्रस्तुत गर्नुपर्ने विषयका प्रस्ताव पेश गर्ने,

ग. समितिको बैठकको निर्णय उतार गर्ने र सम्बन्धित सबैलाई जानकारी गराउन,े

घ. समितिका निर्णयहरु, कागजपत्रहरु र अभिलेखहरु सुरक्षित र अध्यावधिक गरेर राख्ने वा राख्न लगाउने,

ड. समितिको कार्यालय संचालन, कर्मचारीको व्यवस्थापन र कार्यक्रम संचालनको जिम्मेवारी बहन गरी सो बमोजिम काम कारबाही अघि बढाउने र व्यवस्थित गर्ने गराउने,

च. समितिको बार्षिक क्रियाकलापको प्रगति प्रतिबेदन साधारण सभामा प्रस्तुत गर्ने,

छ. समितिको काममा अध्यक्षको आदेश निर्देशन अनुसार अन्य कार्यहरु गर्ने गराउने, र 

ज. समितिको सचिवको रुपमा आफुले गरेको कामबारे अध्यक्षप्रति जबाफदेही हुने।

कोषाध्यक्षको काम, कर्तव्य र अधिकार

समितिको कोषाध्यक्षको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः

क. समितिको मुल कोष अन्तर्गतको आम्दानी खाता र खर्च खाता व्यवस्थित गर्ने गराउने,

ख. समितिको मुल कोषमा बचत हुने रकमको उपयुक्त लगानीका लागि समितिको बैठकमा प्रस्ताव गर्ने, 

ग. समितिको निर्णयानुसार आम्दानी संकलन गर्ने तथा खर्च गर्ने र बजेट तथा आम्दानी खर्चको लेखा राख्ने वा राख्न लगाईआर्थिक कारोबार व्यवस्थित गर्ने गराउने,

घ. समितिको मुल कोष अन्तर्गतको आम्दानी खाता र खर्च खाताबाट भएका आर्थिक कारोबारको जिम्मेवारी बहन गर्ने,

ड. समितिको बजेट तथा आम्दानी खर्चको लेखापरीक्षण गराउने,

च. समितिको आय व्यय प्रतिबेदन साधारण सभामा प्रस्तुत गर्ने,

छ. समितिको काममा अध्यक्षको आदेश निर्देशन अनुसार अन्य कार्यहरु गर्ने गराउने, र

ज. समितिको कोषाध्यक्षको रुपमा आफुले गरेको कामबारे अध्यक्षप्रति जबाफदेही हुने।

समितिका अन्य सदस्यको काम, कर्तव्य र अधिकार

समितिका अन्य सदस्यको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः

क. उपाध्यक्षले अध्यक्षको अनुपस्थितिमा समितिको बैठकको अध्यक्षता गर्ने,अध्यक्षकोअनुपस्थितिमा अध्यक्षले प्रत्यायोजन गरेको काम, कर्तव्य र अधिकार प्रयोग गर्ने, समितिको बैठकमा आफ्नो राय सुझाव प्रस्तुत गर्ने,समिति र अध्यक्षले दिएको जिम्मेवारी बहन गर्ने, अध्यक्षको आदेश निर्देशन अनुसार अन्य कार्यहरु गर्ने गराउने र उपाध्यक्षको रुपमा आफुले गरेको कामबारे अध्यक्षप्रति जबाफदेही हुने ।

ख. सचिवले महासचिवको अनुपस्थितिमा अध्यक्षले प्रत्यायोजन गरेको सचिवको काम, कर्तव्य र अधिकार प्रयोग गर्ने, समितिको बैठकमा आफ्नो राय सुझाव प्रस्तुत गर्ने,समिति र अध्यक्षले दिएको जिम्मेवारी बहन गर्ने, अध्यक्षको आदेश निर्देशन अनुसार अन्य कार्यहरु गर्ने गराउने र सचिवको रुपमा आफुले गरेको कामबारे अध्यक्षप्रति जबाफदेही हुने ।

ग. सहकोषाध्यक्षले कोषाध्यक्षको अनुपस्थितिमाअध्यक्षले प्रत्यायोजन गरेको कोक्षाध्यक्षको काम, कर्तव्य र अधिकार प्रयोग गर्ने, समितिको बैठकमा आफ्नो राय सुझाव प्रस्तुत गर्ने, समिति र अध्यक्षले दिएको जिम्मेवारी बहन गर्ने, अध्यक्षको आदेश निर्देशन अनुसार अन्य कार्यहरु गर्ने गराउने र सहकोषाध्यक्षको रुपमा आफुले गरेको कामबारे अध्यक्षप्रति जबाफदेही हुने ।

घ. हरेक सदस्यलेसमितिको बैठकमा आफ्नो राय सुझाव प्रस्तुत गर्ने, समिति र अध्यक्षले दिएको जिम्मेवारी बहन गर्ने, अध्यक्षको आदेश निर्देशन अनुसार अन्य कार्यहरु गर्ने गराउने र सदस्यको रुपमा आफुले गरेको कामबारे अध्यक्षप्रति जबाफदेही हुने ।

तर सदस्यको माथि उल्लिखित काम, कर्तव्यको अतिरिक्त क्षेत्रका प्रतिनिधि सदस्यले आफ्नो क्षेत्र विशेषको र क्होइलाका प्रतिनिधि सदस्यले आफ्नो क्होइला विशेषको समितिले तोकिदिए बमोजिमका कार्यहरु समेत गर्नु पर्नेछ । 

उपसमितिको व्यवस्था

समितिले समय समयमा निश्चित उद्देश्यका काम कारवाही गर्न गराउन आबश्यक भएमा निश्चित समयावधिका लागि एक वा एकभन्दा बढी उपसमिति गठन गर्न सक्ने छ ।

समितिले हरेक आर्थिक वर्ष समितिको आमदानी खर्चको लेखापरीक्षणका लागि समितिका सदस्यहरु मध्येबाट कुनै एक जनाको संयोजकत्वमा अरु दुई जना सदस्य साधारण सदस्यहरुमध्येबाट मनोनयनगरी जम्मा तीन जनाको एक लेखापरीक्षण उपसमिति अनिबार्य रुपमा गठन गर्नु पर्नेछ ।

समितिबाट गठन भएको उपसमितिले तोकिएको समयावधि भित्र तोकिएबमोजिमको कार्य सम्पादन गरी सो को प्रतिबेदन समिति समक्ष पेश गर्नु पर्नेछ ।

विदेशमा सम्पर्क समितिको गठन

नेपाल बाहिरका कुनै पनि देशमा अस्थाई वा स्थायी रुपमा बसोबास गर्ने प्हलमतन क्ह्युका सदस्यहरु संगठित भई नेपालको थकाली गौचन–प्हलमतन गुठी अन्तर्गत रहने गरीसम्पर्क समिति गठन गरी संचालन गर्न सक्ने छन् । 

सम्पर्क समितिले आफ्नो कार्यसंचालन प्रक्रिया आफै व्यवस्थित गर्नेछ ।

विदेशस्थित सम्पर्क समितिको काम, कर्तव्य

विदेशस्थित सम्पर्क समितिको प्रमुख काम, कर्तव्य देहाय बमोजिम हुनेछ ः

क. आफुहरु अस्थाई वा स्थायी रुपमा बसोबास गरेको देशमा पनि थकाली जातिको परम्परागत मौलिक सस्कृतिको संरक्षण र प्हलमतन क्ह्युका सदस्यहरुको एकता तथा समृध्दिको लागि क्रियाशीलरहने,

ख. गुठीलाई सुदृढ गर्नका लागि र सारा प्हलमतन क्ह्युका सदस्यहरुको एकता एवं समृध्दिको लागि आफुहरु अस्थाई वा स्थायी रुपमा बसोबास गरेको देशबाट व्यक्तिगत तथा सामुहिक रुपमा र विभिन्न कार्यक्रममार्फतसकेजति आर्थिक, भोतिक र प्राविधिक सहयोग तथा सुझाव गर्ने वा त्यस्तो सहयोग तथा सुझावका लागि प्रयत्न गर्ने, र

ग. गुठीको समिति वा समितिको कार्यालयसंग निरन्तर सम्पर्क र समन्वय गर्ने ।

 

पच्छिेद ४ ः च्योकीप्हलमतन परिवारको सामाजिक संस्कारगत आचारसंहिता

जन्म र न्वारन कार्य

भात खुवाउने कार्य

छेवर कार्य

न्होकुन चोल्यु कार्य

कुमार यात्रा

खिमीसुजी तथा विबाह कार्य

कुल पुजा कार्य

खिमी पुजा कार्य

तोरन्ल कार्य

बाह्र बर्षे मेला कार्य

चौरासी पुजा कार्य

मृत्यु संस्कार कार्य

पच्छिेद ५ ः गुठीको कोष र कोष संचालन

मुल कोष

गुठीकोनाममा यस विधान बमोजिम प्राप्त हुने सबै आम्दानीएकत्रित गर्न एक मुल कोष रहने छ ।

मुल कोषका श्रोतहरु

गुठीको मुल कोषमा आम्दानीको रुपमा एकत्रितहुने नगद वा जिनिसका श्रोतहरु देहाय बमोजिमका हुन सक्नेछन् ः

क. सदस्यता शुल्कको रकम,

ख. सामाजिक संस्कारगत शुल्कको रकम,

ग. चन्दा वा सहयोग वा उपहारवा दान दातव्य वापत प्राप्त हुने रकम वा जिनिस,

घ. कार्यक्रम संचालनबाट प्राप्त हुने रकम,

ड. जरिवानाशुल्कबाट प्राप्त हुने रकम,

च. व्याज आम्दानीको रकम,

छ. लगानीको प्रतिफलबाटप्राप्त रकम, र

ज. यस विधान बमोजिम स्थापना भएका अन्य कोष बन्द वा खारेज भएपछि सरेर आउने रकम ।

मुलकोष खाता

गुठीको नाममा यस विधान बमोजिम प्राप्त हुने नगदआम्दानीको रकम नेपाल सरकारको मान्यता प्राप्त कुनै एक बैंक वा वित्तीय संस्थाकोमुध्दति वा वचत खातामा जम्मा गर्नका लागिसमितिको निर्णय बमोजिम एक मुल कोष खाताको रुपमा आम्दानी खाता खाल्नु पर्नेछ ।

गुठीको नाममा यस विधान बमोजिम प्राप्त हुने जिनिसलाई मुल कोषको आम्दानी सरह मानी गुठीको अभिलेखमा जनाई राख्नु पर्नेछ ।

मुलकोषको आम्दानी खातासंचालन

मुल कोषको अम्दानी खाता संचालनको लागिसमितिका अध्यक्ष, सचिव र कोषाध्यक्षको संयुक्त नाममा खाता खोल्नु पर्नेछ ।

तर उक्त खाताको संचालन समितिका अध्यक्ष र सचिव मध्ये कुनै एक र कोषाध्यक्षको अनिबार्य गरी कुनै दुई जनाको संयुक्त दस्तखतबाट गर्नु पर्नेछ ।

मुलकोषको उपयोग

गुठीको मुल कोषमा एकत्रित हुनेआम्दानीलाई देहायका प्रयोजनमा उपयोग गर्न सकिने छ ः

क.प्हलमतन क्ह्यु परिवार वा परिवारका सदस्यहरुलाई आपत् विपत्को अवस्थामा सहयोग गर्ने, 

ख.प्हलमतन क्ह्युको खिमी घरको निर्माण र पुनः निर्माण गर्ने, 

ग.खिमी पुजा गर्ने,

घ. साधारण सभाको भेला वा अधिवेशन आयोजना गर्ने,

ड. कोष बृध्दिका लागि उपयुक्त प्रतिफल दिन सक्ने सम्भाव्य स्कीममा लगानी गर्ने, 

च. कुनै पनि क्षेत्रमा बिशेष वा उत्कृष्ट वा उल्लेखनीय ख्याति वा उपलब्धी प्राप्त गर्न सफल भएका प्हलमतन क्ह्यु परिवारका सदस्यलाई सम्मान र पुरुस्कार प्रदान गर्ने, 

च. थकाली जातिको मौलिक संस्कृतिको संरक्षणमा सहयोग गर्ने, र

छ. समितिले उपयुक्त ठानेका अन्य काममा उपयोग गर्ने ।

मुल कोषबाट खर्च

गुठीको कार्यमा हुने खर्चका लागि मुल कोष अन्तर्गत छुट्टैखर्च खाताको रुपमानेपाल सरकारको मान्यता प्राप्त कुनै एक बैंक वा वित्तीय संस्थामासमितिका अध्यक्ष, सचिव र कोषाध्यक्षको संयुक्त नाममा वचत वा चालु खाता खोल्नु पर्नेछ ।

तर उक्त खाताको संचालनसमितिका अध्यक्ष र सचिव मध्ये कुनै एक र कोषाध्यक्षको अनिबार्य गरी कुनै दुई जनाको संयुक्त दस्तखतबाट गर्नु पर्नेछ ।

मुल कोषको आम्दानी खातामा एकत्रित भएको आम्दानी रकम उपगोग गर्न सकिने भनी .. बमोजिम तोकिएका प्रयोजनमा खर्च गर्नका लागिहरेक आर्थिक वर्षको बार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गरी सो आर्थिक वर्षको पहिलो महिना भित्र साधारण सभालेस्वीकृत गर्नु पर्नेछ ।

तर सो समयमा साधारण सभा बस्न नसकेको अवस्थामा त्यस्तो बार्षिक बजेट तथा कार्यक्रम सो समयभित्र समितिले स्वीकृत गर्नु पर्नेछ ।

स्वीकृत बार्षिक बजेट तथा कार्यक्रमकोवजेट रकम आम्दानी खाताबाट खर्च खातामा एक आर्थिक वर्षमा बढमिा छ पटकमा ननघाई खर्च गर्ने क्षमताका आधारमा सारेर मात्र खर्च गर्न सकिने छ ।

यस विधान बमोजिम स्वीकृत बार्षिक बजेट तथा कार्यक्रममा परेका कार्यहरुमा मात्रसमितिले वा अधिकार प्राप्त अधिकारीले खर्च खाताबाट खर्च गर्नु पर्नेछ ।

तर गुठीको कुनै अत्याबश्यक कार्यको स्वीकृत बार्षिक बजेट तथा कार्यक्रममा नपरेको खर्च तत्कालै नगरी नहुने अवस्था आएमासमितिको अध्यक्षलाई वा खर्च गर्न अधिकार प्राप्त अधिकारीलाई मौखिक जानकारी गराई पछि समर्थन गराउने गरी खर्च खाताबाट खर्च गर्न सकिने छ ।

अक्षय कोष 

समितिले आबश्यक्तानुसार गुठीको मुल कोष अन्तर्गतविशेष वा अलग उद्देश्यका लागि देहायका मध्येका एक वा एकभन्दा बढी अलग अलगै अक्षय कोष खडा गरी संचालन गर्न सक्नेछ ।

क. खिमी पुजा अक्षय कोष,

ख. शैक्षिक छात्रबृत्ति अक्षय कोष,

ग. विपत्ति सहयोग अक्षय कोष,

घ. अन्य ।

अक्षय कोषका श्रोतहरु

कुनै पनि अक्षय कोषमा एकत्रित हुने श्रोतहरु देहाय बमोजिमका हुन सक्नेछन् ः

क. चन्दा वा सहयोग वा उपहारवा दान दातव्य वापत प्राप्त हुने रकम,

ख. अक्षय कोषको उद्देश्यसंग सम्बन्धित कार्यक्रम संचालनबाट प्राप्त हुने रकम,

ग. अक्षय कोषको रकम बैंक वा वित्तिय संस्थामा जम्मा गरेवापत प्राप्त व्याज आम्दानीको रकम, र

घ. अक्षय कोषको रकम लगानीको प्रतिफलबाटप्राप्त रकम ।

अक्षय कोषकोखाता

कुनै पनि अक्षय कोषमा यस विधान बमोजिम प्राप्त हुने नगद रकम नेपाल सरकारको मान्यता प्राप्त कुनै एक बैंक वा वित्तीय संस्थाको मुध्दति वा वचत खातामा जम्मा गर्नका लागि सो अक्षय कोष संचालन उपसमितिको निर्णय बमोजिम अक्षय कोष खाता खाल्नु पर्नेछ ।

अक्षय कोषको खाता संचालन

कुनै पनि अक्षय कोषको खाता संचालनको लागि सो अक्षय कोष संचालन उपसमितिका संयोजक, सचिव र कोषाध्यक्षको संयुक्त नाममा खाता खोल्नु पर्नेछ ।

तर उक्त कोषको खाता संचालन सो उपसमितिका संयोजक र सचिव मध्ये कुनै एक र कोषाध्यक्षको अनिबार्य गरी कुनै दुई जनाको संयुक्त दस्तखतबाट गर्नु पर्नेछ ।

अक्षय कोष संचालन

समितिले कुनै अक्षय कोष जुन प्रयोजनको लागि खडा गरेको हो सो कोषबाट सोही प्रयोजनमा मात्र खर्च गर्न सक्ने गरी हरेकअक्षय कोषको लागि एक अक्षय कोष संचालन उपसमिति गठन गर्नु पर्नेछ । त्यस्तो अक्षय कोष संचालन उपसमितिमा कम्तिमा एक जना समितिको सदस्यलाई अनिबार्य रुपमा प्रतिनिधित्व गराउनु पर्नेछ ।

हरेक अक्षय कोष संचालन उपसमितिले अक्षय कोष संचालनको प्रक्रिया आफैलेनिर्धारण गर्नेछ ।

कुनै पनि अक्षय कोष स्थापना भईनिश्चित अवधिसम्म कार्यसंचालन भइसकेपछि त्यसको प्रयोजन समाप्त भएमा वा सो कोष उद्देश्य विपरित संचालन भइरहेमा वा स्थापना पश्चात लामो समयसम्म पनि संचालन हुन नसकेमा समितिले त्यस्तो अक्षय कोषलाई बन्द वा खारेज गर्न र सो अक्षय कोष संचालन उपसमितिलाई भंग गर्न सक्नेछ । यसरी बन्द वा खारेज भएपछि सो अक्षय कोषको खातामा बाँकि रहेको रकम समितिको मुल कोषको खातामा सारी आम्दानी जनाउनु पर्नेछ ।

क. सदस्यता शुल्कको रकम,

ख. सामाजिक संस्कारगत शुल्कको रकम,

ग. चन्दा वा सहयोग वा उपहारवा दान दातव्य वापत प्राप्त हुने रकम वा जिनिस,

घ. कार्यक्रम संचालनबाट प्राप्त हुने रकम,

ड. जरिवाना बापत प्राप्त हुने रकम,

आम्दानी खर्चको लेखा र लेखापरीक्षण

समितिले मुल कोषको आम्दानी खातामा भएको आम्दानी र खर्च खाताबाट भएको खर्चको लेखा आर्थिक वर्षगत रुपमा व्यवस्थित ढंगले राख्नु पर्नेछ ।

समितिले हरेक आर्थिक वर्ष मुल कोषको आम्दानी खातामा भएको आम्दानी र खर्च खाताबाट भएको खर्चको लेखापरक्षिण सम्भव भएसम्म कानुनी मान्यता प्राप्त लेखापरीक्षकबाट नभए लेखापरीक्षण उपसमितिबाट लेखा परीक्षण गराउनु पर्नेछ ।

पच्छिेद ६ ः विबिध

समितिको कार्यालय र कर्मचारी व्यवस्था

समितिले कार्यसंचालनमा सहजताका लागि आफ्नो आर्थिक क्षमता र आवश्यक्तालाई दृष्टिगत गरीसमितिको सचिवालयको रुपमा एक कार्यालय र आबश्यक कर्मचारी तोकिए बमोजिम व्यवस्था गर्न सक्ने छ ।

सम्मान र पुरुस्कार प्रदान गर्न सक्ने

प्हलमतन क्ह्यु परिवारका सदस्यले कुनै क्षेत्रमा बिशेष वा उत्कृष्ट वा उल्लेखनीय ख्याति वा उपलब्धी प्राप्त गर्न सफल भएकोले त्यस्तो सदस्यलाई सम्मान वा पुरुस्कार वा दुबै प्रदान गर्न उपयुक्त हुने भनी समितिले निर्णय गरेमा निजलाई तोकिए बमोजिम सम्मान वा पुरुस्कार वा दुबै प्रदान गर्न सकिने छ ।

अधिकार प्रत्यायोजन गर्न सक्ने

साधारण वा परिषद सभाले आफुमा भएको ..... बाहेकका काम, कर्तव्य र अधिकार समितिलाई प्रत्यायोजन गर्न वा सो प्रत्यायोजित काम, कर्तव्य र अधिकार पुनः फिर्ता लिन सक्नेछ । 

समितिले आफुसंग भएकोे ... बाहेकका काम, कर्तव्य र अधिकारहरु समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षलाई वा आफुले गठन गरेको उपसमितिलाई प्रत्यायोजन गरी कार्य गर्न गराउन सक्नेछ ।

विधान संशोधन र अनुसुचमिा हेरफेर वा संशोधन गर्न सक्ने

साधारण वा परिषद सभाले यो विधान र विधानको अनुसुचीमा हेरफेर वा संशोधन गर्न सक्नेछ ।

विनियम र निर्देशिका तथा कार्यविधि बनाउन सकिने

समितिले यस विधानको मुल आशय विपरित नहुने गरी आबश्यक्ता अनुसार कार्यसंचालनमा सहजता ल्याउन विनियम र निर्देशिका तथा कार्यविधि बनाई कार्य गर्न गराउन सक्नेछ ।

तर विनियमको हकमा साधारण वा परिषद सभाको स्वकिृति भएपछि मात्र लागु हुन सक्ने वा संशोधन हुन सक्नेछ ।

व्याख्या गर्ने

यस विधान कार्यान्वयनको सिलसिलामा कुनै द्विविधा पर्न गएमा समितिले सारभुत रुपमा यस विधानको प्रतिकूल नहुने गरीव्याख्या गर्न सक्नेछ ।

बाधा अड्काउ फुकाउने

यस विधानमा उल्लेख भएको कुनै व्यवस्था कार्यान्वयन गर्न बाधा अड्काउ परेमा साधारण वा परिषद सभाले बाधा अड्काउ फुकाउन सक्नेछ ।

 

बिधान संयोजक :
सह - सचिब योगेन्द्र गौचन  

© 2024 Thakali Gauchan Phalamtan Society is Powered by Third Eye Systems Pvt. Ltd.