Thakali Gauchan Phalamtan Society Raise Funds
Raise Funds
Menu

About Us

प्हलमतन क्ह्यू खिमि घर बारेमा २०७५ साल

प्हलमतन क्ह्यू परिवारको ७ पुस्ता देखि मृतु भएका पितृहरुको अस्तु नाखुन भन्ने ठाउमा राखीएको भएपनि ४ पुस्ता अघि प्हलमतन क्ह्यू परिवारले मृतकहरुको अस्तु (Bone) मुस्ताङ जिल्ला थासाङ गा.पालिका कोन्जो ५ टिटी गाउको नजिक  दाहिने धौलागिरि बाँया निलगिरी हिमाल बन जंगलको काखमा मलाङसुङ देउताको नजिक ढुंगाको दुलोमा राखिएको रहेछ।

प्हलमतन क्ह्यूको दोस्रो भेला टिटीमा भएको बेला अस्तु राख्ने खिमि घर बनाउने भेलाले निर्णए गरि ६ जना दाजु भाइले मृतक बाउ-आमा छोरा-छोरीको खातिरमा खिमि घर बनाउनुको लागि रु १५ हजारको दरले चन्दा सहयोग गरि २०५५ सालमा ९० हजारको लागतमा प्रथम खिमि घर बनाएको जानकारी गराउन चाहन्छु ।

लामो समय सम्म हाम्रो खिमि घर अति जिर्ण अवस्थामा देखिएको र कुनै मर्मत सम्मारको लागि कुनै काम हुन नसकेको हुदा सबै प्रकृया मिलाई २०७२ सालमा नया खिमि घर निर्माण गर्नको लागि संसारै भरि बसो बास गरेका हाम्रो प्हलमतन क्ह्यू परिवारलाई आर्थिक सहयोगको लागि आह्वान गरि हाल २० लाख ७९  हजार ४४९ रुपया को लगतमा खिमीघर करिब ३ बर्ष भित्र पुन: निर्माण भएको सम्बोधन गर्न चाहनछु।

जो जसले खिमी घर पुन: निर्माणको लागि आर्थिक सहयोग गर्नुभयो जस्को लागि हामि सम्पुर्ण प्हलमतन क्ह्यू परिबार र खिमि घर संयोजक को तर्फ बात धेरै धन्यबाद र हार्दिक अभिबादन दिन चाहन्छौं ।

खिमि घर पुन: निर्माणको अबधि भित्र जत्ति पनि बन्दोबस्त गर्नु पर्ने कामहरु मा लागेको खर्च, आउने जाने भाडा, खाना-पिउन र बस्नको लागि भएको खर्चहरु मेरो आफ्नै निजि-खर्चमा गरेको जानकारी गराउन चाहन्छु ।

१.  चन्दा दाताहरुको नाम शिला लेखमा लेख्नुको लागी २ वोटा स्तम्ब तयारी गरिएकोछ। केहि चन्दा दाताहरुले बोलेको रकम भुक्तानी नगरेको साथै सम्पर्कमा पनि नआएकोहुदा केहि समय शिला लेख को काम स्थगित गरिएको छ।        

२  खिमि घर मर्मत र रंगरोगन र पुजाको लागि रु ८ लाख मुद्दतीमा बार्षिक १ लाख २८ हजार ब्याज  आउने गरि राखिएको छ, साथै खिमी घरको आय-बिय (Audit report)अनुमोदन गरिसकेक छ ।

३ जन्म भुमि कर्म भुमि जहाँ बसोबास भए पनि मृत्यु पछी हामीहरु मिलेर बस्ने घर पुन: निर्माण भयको छ त्यसर्थ यो स्वर्गलोक जस्तो ठाउमा हामि मृत्यु हुनु पहिला अनिबार्य (हेरि) अबलोकन गरि (visitor- book) मा तपाईको नाम लेखि सहि-छाप गरि सुझाब र  सर-सल्लाह दिनुहुन हार्दिक अनुरोध गर्न चाहन्छु।

४. मृतक हरुको मृत्यु दर्ता गर्नको लागि रेजिस्टर बुक राखिएको छ कृपया जो अस्तु राखनको लागि खिमि घर जानुहुन्छ मृतक को नाम जन्म मिति र मृत्यु मिति लेखि दर्ता गरि दिनु हुन अनुरोध गर्न चाहन्छु।

५ .खिमि घर भित्र (Donation Box) पनि राखिएको छ, यो सहयोग बात उठेको रकमले पितृहरुको पुजा-आज र जरुरि अनुसार सामानहरु किनिनेछ । यदि तपाइहरुले खिमि घरको लागि समान वा नगद दिनु चाहनु हुन्छ भने कृपया खिमि घर संयोजकलाइ सम्पर्क गर्नु होला। 

खिमि घर संयोजक :  दिल बहादुर गौचन ९८५६० २६६३९ र ९८०८१ ७६६३८ hotelnl98@gmail.com

 

© 2024 Thakali Gauchan Phalamtan Society is Powered by Third Eye Systems Pvt. Ltd.