Thakali Gauchan Phalamtan Society Raise Funds
Raise Funds
Menu

NEWS & Events

प्हलमतन क्ह्यू परिवारका कार्य समितीको :  कार्य-नीतिहरु र अबधारण २०७४-२०७८.

१  प्हलमतन क्ह्यूको सम्पुर्ण घर-परिबारको दाता र तथ्यांक  तयार गर्न पर्नेछ ।

(क) हाम्रो प्हलमतन क्ह्यू भित्र ७ क्होईलाको नामकरण यसप्रकार गरिएको छ:

१. घाँस, बाग्लुंग, शिख र पुर्ण गाउ : हजारे क्होईला  २. राइटर क्होईला      ३. बोङ खानी लम्सुंङ : झाँक्री क्होईला

४. छैरो क्होईला   ५. सुब्बा क्होईला  ६. मन्त्रि क्होईला  ७. मुखिया क्होईला

(ख) क्होईला प्रतिनिधिले आफ्नो क्होईला भित्र भएका दाजु भाई दिदि बहिनिहरुको (दाता) घर परिवारको विवरण सहित तथ्यांक तयारी गरि महा सचिबलाइ दिन पर्नेछ। यदि एका घरमा छोराहरु धेरै छन् भने र स्वदेश विदेशमा निजी परिवार सँग बसोबास गरेका छन् भने  घर कुरिया छुट्ताउनु प्रनेछ तर श्रीमान श्रीमती एकै ठाउँमा बसो बास गरेका छैनन् भने घर कुरिया छुत्ताउनु पर्ने छैन ।

(ग) समय बखत मृत्यु भयका पित्रिहरुको नामहरु आबस्यक पर्ने हुदा, ७ क्होईलाकै मृतकहरुको नाम तयारि गर्नु पर्ने छ।

२.प्हलमतन क्ह्यू घर-परिबारलाइ लागु हुने नियमहरु ११औ भेलामा पारित गरेका छौं,सुशासन र अनुसान मा बसी नियमको आग्या पालन  गरि दिनुहुन अनुरोधको साथ हार्दिक अपिल गर्न चाहान्छौं।

३.आर्थिक समबृद्दी ५० लाख भन्दा माथि पुराउने हाम्रो मूल उदेस्य रहेको छ : प्हलमतन क्ह्यू परिबार ७ पुस्ताको जन्म भएपनि हाम्रो क्ह्यू को संगठन २०५१ सालमा यकता सम्बन्ध र आर्थिक समबृद्दी को सम्भावाना र उदस्य बोकी संगथित भयको यो एउटा संगठन भए पनी हाल १४७ घर कुरिया ५६३ जनाको संख्यामा पुगी सक्दा पनि हाम्रो संगठनको आर्थिक अबस्था अति कम्जोर  भएको थाह भएकै बिषय हो । त्यसर्थ हाम्रो मूल उदस्यनै आर्थिक समबृद्दी गर्नु हो जसको लागि शोदेस बिदेशमा भयका सम्पुर्ण प्हलमतन क्ह्यूका परिवारहरुलाई आजिबन सुल्क सदस्य हुनको लागि हार्दिक अपिल तथा अनुरोध गर्नु चाहन्छौँ

११औ भेलामा ४० जना घर परिबार आजिबन सुल्क सदस्य बनि १२ लाख २५ हजार सहयोग गरिसक्नु भयको जानकारी गराउन चाहान छौ जो आजिबन सदस्य सुल्क तिरी प्हलमतन क्ह्यू गुठि को लागि आर्थिक सहयो गर्नुहुने बेक्तीहरुलाई मृतु पछी रास्ट्रिय पत्रिकामा समबेदना दिने निर्णय गरेका छौ।

  1. आजिबन सुल्क सदश्य २५ हजार हुने छ यो आजिबन सुल्क श्रीमान् र श्रीमतीको लागिमात्र लागुहुने छ।
  2. ५० हजार भन्दा माथि सहयोग गर्नु  भएमा (Blak&white) फोटो राखी रास्ट्रीय पत्रिकामा समबेदाना दिने
  3. १ लाख भन्दा माथि सहयोग रंगिन फोटोमा रास्ट्रीय पत्रिकामा समबेदना दिने निर्णय छ ।
  4. साधारण सदस्य शुल्क  रु १ हजार बार्षिक असार मसान्त भित्र भुक्तानी गरि सक्नु पर्ने छ।

४. प्हलमतन क्ह्यू को बिधान र Website बनाउने काम गरिदै छ। ५ . खिमिघर र पुजा बारेमा नियम तयार गरिसकेको छ।

६. २०७६ साल फाल्गुन तोरंलह पर्बको नजिक वा  चैत्र महिना (Easter holiday) पारि अन्त- रास्ट्रीय भेला काठमाडौँ मा गर्ने निर्नय   गरियको छ।

७. नाता सम्सोधन गर्नको लागि प्रत्यक क्होइलाबाट २ जना नाता सम्सोधन समिति नियुक्ति गरियको छ। यदि प्हलमतन क्ह्यूको सम्पुर्ण परिबारले हाडे साइनो अनुसार साइनो लगाउनु सकेमा दाजु भाइहरुको नाता मिल्ने भयको र महिलाहरुको लागि गुन्यु साइनो बात नाता सुधार गरि जिउ साइनो लगायमा नाता सजिलै मिल्न सक्ने भयको हुदा हाम्रो गुठि भित्र को सम्पुर्ण परिबारले तपाई आफै नाता सुधार गरि भविष्य मा कुनै गुनासो सुन्न मा न आउने गरि जो जसको नाता मिलेको छैन तपाइँ आफै सहि नाता मिलाई  दाजुभाई दिदि बहिनिहरुलाई यकता र सम्बन्ध सुधार गर्नको लागि  हार्दि अपिल को साथ अनुरोध गर्नु चाहन्छौ ।

© 2024 Thakali Gauchan Phalamtan Society is Powered by Third Eye Systems Pvt. Ltd.